चितवनका अनिलको ‘नछुटोस्’ गीत सार्वजनिक (भिडियोसहित)

चितवन \ चितवनका पप गायक अनिल राईको ‘नछुटोस्’ बोलको गीत सार्वजनिक भएको छ । भरतपुर निवासी गायक राईले आफ्नो चौथो गीतको रुपमा ‘नछुटोस्’ बजारमा ल्याएका हुन् । गायक राइले आफ्नो अफिसियल युट्युबबाट सो गीत सार्वजनिक गरेका हुन् । यस गीतमा गायक राईकै शब्द रहेको छ भने विशाल पौडेलले संगीत भरेका छन्। नेपाली पप गीतसंगीतमा फरक खालको पहिचान दिलाउन थायक राई प्रयासरत छन् ।
गीतको भिडियोमा भावना गुरूङ र गोकर्ण बम्जनले अभिनय गरेका छन्। लामो समय फिल्म क्षेत्रमा सम्पादन गर्नु भएका र विगत २० बर्ष सम्पादन क्षेत्रमा काम गरिरहनु भएका दृश्य सम्पादक सुबोध श्रेष्ठले भिडियोको सम्पादन गरेका छन् भने आभास रानाले निर्देशन तथा छायांकन गरेका छन् । सुन्दर शब्दमार्फत माया प्रेमको भाव प्रकट भएको गीतको भिडियो काठमाडौं र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो।