अणराजको ‘अलराइट’ गीत सार्वजानिक (भिडियो सहित)

खबरबाकस \ मकवानपुरका युवा गायक अणराज तामाङ मोक्तानको नयाँ गीत सार्वजानिक भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै गायक तामाङको गीतको म्यूजिक भिडियो सार्वजानिक गरिएको हो ।
मकवानपुरका पुराना लोक गायक सर्जक सुर्य तितुङको प्रमुख अतिथ्यता तथा गायक तामाङकै अध्यक्षतामा गीत सार्वजानिक भएको हो । गायक तामाङकै युवट्युव च्यानल अणराज तामाङ मार्फत गीतको भिडियो सार्वजानिक गरिएको छ ।
फराज अर्पणको निर्देशन तथा सम्पादनका निर्माण भएको गीतमा विना राउत, विनु शाक्य, पुजा श्रेष्ठ र अणराज तामाङको अभिनय रहेको छ ।
तामाङको शब्द, संगीत तथा स्वर रहेको गीतको कोरियोग्राफर प्रविण तामाङ हुन् । सात वर्ष पछि तामाङले नयाँ गीत ल्याएका हुन् । सन् २०१३मा द एबिएस नामक सोलो एल्बम ल्याएका थिए ।
गीत सार्वजानिक कार्यक्रममा गीतका निर्देशक फराज अर्पण, नेपाल तामाङ घेदुङ संघ प्रदेश अध्यक्ष लिलाबहादुर भ्लोन, मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, सचिव विक्रम लुङ्वा, सल्लाहकार सानु लामा, कलाकार अभिराम मोक्तान, कोरियोग्राफर रविन्द्र बज्रचार्य, समाजसेवी सुनिल मोक्तान लगायतको अतिथ्यता रहेको थियो ।