रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदानेको टिजर सार्वजनिक

विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदाने : विद्रोहको नेपाली नाम को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने गरी काम अगाडी बढिरहेको जनाएको छ ।
फिल्म रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको हो । रुदाने अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन गरेका हुन् । दावानल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन् भने सह–निर्माता भानुभक्त थापा र सहायक निर्माताहरूमा पदम केशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन् । फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिव्य देबले अभिनय गरेका छन् ।