८४ मा रास्वपाले बहुमत ल्याएर सरकार बनाउने दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले २०८४ सालको आम निर्वाचनमा बहुमत ल्याएर आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा पाटी भक्तपुर जिल्ला कार्यसमितिले आइतबार भक्तपुरमा गरेको कार्यक्रममा उनले यसका लागि तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
फरक प्रसङ्गमा उनले पार्टी उद्देश्य महान् भएकाले सानोतिनो कुरामा नअल्झिन अनुरोध गरे । नयाँ मान्छे प्रवेश भयो भने पार्टीमा आफूले पाउँदै आएको पद गुम्ला भन्ने चिन्ता राख्न नहुने उनको भनाई थियो । उनले भने,म भन्दा सक्षम व्यक्ति आयो भने म चाहिँ पार्टी उपसभापति छोड्न तयार छु । पार्टी अहिले संसदमा सङ्घर्षमा रहेको भन्दा त्यो संघर्ष जारी राख्न उनले बताए । आफ्नो मन्तव्य राखेर संसद बैठकमा हिँडेका उनले संसदको विरोध जारी रहने जानकारी गराए ।