दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति

संवाददाता
१९ मंसिर २०८१, बुधबार ०४:०९

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्‍न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।मंगलबार अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए।

प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ। उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै विभिन्न अपुष्ट कागजात सार्वजनिक गरेका थिए।

त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते पक्राउ गरेको थियो। सिआइबीमै व्यापारीहरूलाई भारतीय गुण्डाको नाम लिएर धम्की दिएको भन्ने उजुरीहरू परेका थिए। उक्त उजुरीपछि प्रहरीले प्रसाईंकै सहयोगी हरिचन्द्र फुयाललाई पक्राउ गरेको थियो। उनले बयानका क्रममा प्रसाईंकै निर्देशनमा धम्क्याएको बताएका थिए। उनीमाथि आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको छ। प्रसाईंमाथि पनि यही कसुरमा पनि अनुसन्धान गर्ने प्रहरीले तयारी गरिरहेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*