स्कटल्यांडबाट फर्किएको क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा फेसबुकमार्फत स्वागत

स्कटल्यांड/ स्कटल्यान्डमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीले फेसबुक मार्फत स्वागत गरेका छन्।
आइतबार आईसीसी विश्वकप लिग-२ र टी-२० सिरिज खेलेर फर्किएको टोलीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत स्वागत गरेका हुन्।
आफ्नो सामाजिक सञ्जालमा फेसबुक मार्फत प्रधानमन्त्रीले लेखेका छन्, ‘स्कटल्यान्डमा भएको आईसीसी विश्वकप लिग-२ र टी-२० सिरिज खेलेर हाम्रो नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्वदेश आइपुगेको छ। स्वदेशमा स्वागत छ।’
स्कटल्यान्ड भ्रमणका क्रममा नेपालले आईसीसी विश्वकप लिग–२ मा चारमध्ये तीन खेलमा जित हासिल गरेको थियो भने नेदरल्यान्ड्स र स्कटल्यान्ड सम्मिलित टी-२० शृंखलाका चारमध्ये दुई खेल जितेको थियो।