संचारकर्मी कुशल श्रेष्ठ निर्देशित पारू राईको गीत “यो माया हैन र?” सार्वजनिक

संवाददाता
५ आश्विन २०७८, मंगलवार २१:५२

बेलायतबाट गायिका पारु राईले फेरी अर्को गीत ‘यो माया हैन र ? ’को भिडियो आफ्ना दर्शकहरुलाई कोशेलीका रुपमा पस्किएकी छिन् । गायिका पारुकै शब्द शृजना रहेको गीतमा गायक मनोज थापाले पारुलाई स्वरमा साथ दिएका छन् । गायक थापाकै संगीत संयोजन रहेको गीतको भिडियो शनिबार उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

बेलायतका ऐतिहाँसिक र रमणीय स्थानहरुमा छायांकन गरिएको यस गीतमा पारु राई, मण्डल थेबे र बिपना गुरुगंको अभिनय रहेको छ । माया प्रेम र प्रेममा हुने उतारचढाव, विश्वास र धोकालाई नजिकबाट केलाइएको ‘यो माया हैन र ? ’ को भिडियो वास्तविक कथामा आधारित रहेको छ । जसको निर्देशक, छायांकन तथा सम्पादन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । बेलायतमा पत्रकारिता सँगसँगै म्यूजिक भिडियोको निर्देशकीय पाटोमा समेत गज्जबसँग जमेका निर्देशक कुशलले यो सहित ३ दर्जन बढी भिडियोको निर्देशन, सम्पादन र छायांकन गरिसकेका छन् । कुशलले सार्वजनिक भिडियोलाई आशा लाग्दो भिडियो भएको बताए । त्यस्तै भिडियोको सह निर्देशन गायिका पारु र सूर्य मोक्तान तामागंले गरेका हुन् ।

 

त्यस्तै भिडियोका नायक, समाजसेवी तथा बेलायती सेनामा कार्यरत मण्डल थेबेको भूमिकाको पनि धेरैले प्रशंसा गरेका छन् । व्यस्त समयका बाबजुत पनि कलाकारितामा अभ्यस्त बनिरहेका थेबे कलाकारिता विधालाई एकदमै सम्मान गर्ने व्यति हुन् । समय वखत छुट्टी मिलाएर गीत संगीत तथा अभिनयमा डुब्ने थेबे टिकटकमा युवाहरुलाई मोटीभेसनल कुराहरु साथै गोर्खा भर्ती सम्बन्धी जानकारी प्रस्तुत गर्ने गर्छन। त्यस्तै मेकअपलाई प्रोफेसन बनाउन रुचाउने मेकअप आर्टिस्ट बिपना गुरुगंले यस गीत मार्फत अभिनयमा डेब्यू गरेकी छिन् ।

 

लामो समयदेखि बेलायतमा बस्दै आएकी बिपना कलाकारितामा राम्रो संभावना देखेको बताउँछिन् । ३ दिन लगाएर छायांकन गरिएको सार्वजनिक गीतको कन्सेप्ट गायिका पारु र सुष्माको हो । ‘यो माया हैन र रु ’ को छायांकनको समयमा निकै रमाइलो अनुभव गरेकी गायिका पारु राई भन्छिन् दर्शककको मायाले यहाँसम्म आउन सफल भयौँ । भोलीका दिनमा पनि यस्तो नयाँ सामाग्री लिएर आउनेछौँ । गायिका पारुले यसअघि “तिम्रो तृष्णा” बोलको गीत बजारमा ल्याएकी थिइन् । जसले राम्रो चर्चा बटुलेको थियो ।

भिडियो हेर्नुस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*