‘चकलेटी स्याँउ’मा सागर, प्रिज्मा र प्रिन्सीको डान्स

संवाददाता
२० आश्विन २०७८, बुधबार ०९:३०

गायक समिर आचार्य र हेटौंडेली गायिका स्वस्तिका ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘घाममा सुकाइदेउ, पिच रोड’ लगायतका गीत सार्वजनिक गरिसकेका गायक समिरलाई ढकालले साथ दिएकी छिन् । ‘

दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ ।

शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाएपछि समिरले आफू उत्साहित भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*