दुई दशक पुरानो गीतको रिमेकमा बले र शिक्षाको अभिनय (भिडियो सहित)

काठमाडौं \ झन्डै २० वर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक भिडियोमा बले उर्फ सागर लम्साल, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’को अभिनय रहेको छ । २० वर्षपछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरेका छन् । महिला आवाजमा सरला बिसीले साथ दिएकी छन । गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।