उत्सव चौलागाईको ‘हासेकै छैन’ सार्बजनिक (भिडियो सहित)

मकवानपुरका गीतकार उत्सव चौलागाईको म्युजिक भिडियो ‘हासेकै छैन’ सार्वजनिक भएको छ । टुवेल नोट्स नामक युट्यूब च्यानबाट उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
प्रविण भेडवालको आवाजमा विकास पाण्डेको संगीत रहेको सो गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका हुन् । लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको सो म्युजिक भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । बर्देवा, भट्टराई र अनुप न्यौपानेले गीतमा अभिनय गरेका छन् ।
मकवानपुरका विभिन्न रेडियो एफएमहरुको स्टेशन आइडी समेत लेखेका चौलागाईको यसअघि अन्य गीतहरु पनि बजारमा आइसकेको छ ।
चौलागाईको शब्दमा घनश्याम ढकाल र अस्मिता खड्काको स्वरमा ‘तिमी बिर हौँ, तिमी साहसी हौँ’ बोलको गीत सार्वजनिक भइसकेको छ । त्यसैगरी ‘तिम्रो मेरो पिरतीमा कस्को आँखा लाग्यो’, संजोग गौतमको स्वरमा बजारमा आइसकेको छ । ‘देखाउन नसकिने माया’ बोलको गीत चालागाईकै स्वरमा बजारमा आइसकेको छ ।