शुभाषको देउसी भैलो गीत सार्वजानिक (भिडियो सहित)

खबरबाकस \ मकवानपुरका गायक शुभाष गहतराजको तिहारको कोसेली स्वरुप देउसी भैलो गीत आएको छ । शुभाष संगै अर्जुन र अशोकको पनि आवाज रहेको छ । तुलाराम थापाको शब्द रहेको देउसी गीतमा गायक गहतराजकै संगीत रहेको छ । देउसी गीत सृजना कलाकेन्द्रको अफिसियल युवट्युव मार्फत सार्वजानिक भएको छ ।
२ दशक देखि नृत्य,कला र संगीतमा लागेका सुभाषको यस अघि जुनी र सुभाष एल्वम बजारमा आइसकेको छ । गायक गहतराजको तिमी फुल हौं भन्ने आधुनिक गीत समेत आइसकेको छ ।
यस देउसी गीतलाई अमृत ल्वागुनले एरेन्ज गरेका छन् भने सुजन मग्रातीले खिचेका हुन्, । गीतको भिडियोमा अमृत चौधरीको नृत्य निर्देशन र गायक गहतराजको निर्देशनमा गीत निर्माण गरिएको छ ।
दीपावलीको अवसरमा आफ्नो कला संस्कृति जगेर्ना गर्दै देउसी गीत गाइएको गायक गहतराज बताउन्, ।