र्याप भर्सनमा ह्याप्पी तिहार… गीत सार्वजानिक (भिडियो सहित)

हेटौंडाका र्यापर चिलको नामले चिनिएका गायक अन्जन ढकाल र गायक गहन खतिवडाले तिहारको अवसरमा र्याप भर्सनमा ह्याप्पी तिहार गीत युवट्युव मार्फत सार्वजानिक गरेका छन्, । बुधबार गायक अन्जन ढकालको चिल अफिसियल नामक युवट्युव मार्फत सार्वजानिक गरेका हुन्, ।
पुरानो पुस्ताको बेलामा खेलिने देउसीभैलो र नयाँ पुस्ता जुन र्यापमा रमाउने युवाहरु दुबै एकैसाथ गाउन रमाउन सक्छन् भन्ने सन्देश दिदैं आफ्नो मौलिक कला संस्कृति बचाउन देउसी गीत ल्याइएको गायक गहन खतिवडा बताउछन्, ।
गीतमा आफुले पनि अभिनय गर्दै बालबालिका, युवा र वयस्क सम्मले काधँमा काथँ मिलाएर आफ्नो चाडपर्व, कला संस्कृति जोगाउनुपर्ने भन्दै कोरोनाको महामारीमा पनि देउसीगीत बनाइएको खतिवडाले बताए ।
उनले हाम्रो समाजमा र्याप गीतसंगीतलाई हेर्ने दृष्ट्रिकोण फरक रहेको बेला देउसीगीतमा र्याप समिश्रण गरि र्यापगीतलाई हेर्ने विचार परिवर्तन हुने बताए ।
यसअघि २०५८ मा मैले नशा पिएको बेला, त्यसपछि तिमीलाई प्रेम प्रस्ताव भन्ने गीत ल्याइसकेका खतिवडाले यसगीतलाई हेरी प्रतिक्रिया दिन आग्रह समेत गरे र आगामी दिनमा झन उत्कृष्ट प्रस्तुती दिने प्रतिवद्धता समेत गरे ।
सार्वजानिक गीतमा र्यापर चिल र गहन खतिवडाको शब्द/ स्वर, स्वंम ढकालको संगीत र आर्दश पराजुली र शेखर दाहालको सम्पादन, छायाँकन तथा निर्देशन रहेको छ ।