सुशील थिङको हामी देउसी भाई… गीत सार्वजानिक (भिडियो सहित)

संवाददाता
२२ कार्तिक २०७७, शनिबार १९:१६

हेटौंडा पदमपोखरीका युवा गायक सुशील थिङले दीपावलीको अवसर पारेर नयाँ गीत ल्याएका छन्, । यसअघि सोलो गीत ल्याएका थिङले दोस्रो सांगेतिक सौगातको रुपमा हामी देउसी भाई… बोलको गीत भिडियो सहित शनिबार हेटौंडामा सार्वजानिक गरेका हुन्, ।

ओपेरा इन्फोटेडमेन्टको अपिसियल युवट्युव च्यानलबाट सार्वजानिक गरीएको हो । हेटौंडामा गायक तथा तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामाले गीतको भिडियोलाई निर्देशन गरेका छन्, ।

हेटौंडाको पदमपोखरीका विभिन्न स्थानमा छायाँकन गरीएको गीतलाई विक्रम लुङ्वाले खिचेका हुन भने उनले नै सम्पादन गरेका हुन्, । गायक थिङको शब्द संगीतमा बनेको गीतमा सचिन वाईवा, निरु थिङ, प्रकाश तमाङ र राधिका तामाङको अभिनय रहेको छ । १ लाख लगानीमा निर्माण गरीएको देउसी गीतमा दिदीभाई र परिवार संग छुटिदाँको पिडालाई देखाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*