दशैंको कथा बोकेको मार्मिक लघु चलचित्र सार्वजनिक

संवाददाता
८ कार्तिक २०७७, शनिबार १३:२१

खबर बाकस \ बडा दशैंको अवसर पारेर हेटौंडाका युवाहरुले दशैंको मार्मिक कथावस्तु बोकेको लघु चलचित्रको डेमो भाग सार्वजनिक गरिएको छ । डि सिने फिल्मस् को व्यानरमा निर्माण गरिएको चलचित्रको कथा शेषा घिमिरेले लेखेका हुन्, ।

उक्त चलचित्रको पहिलो डेमो भाग सार्वजानिक भएपछि यसको अन्य भागलाई निरन्तरता दिने निर्देशक सुरज दाहालले बताए । समयअनुकुलको कथावस्तुलाई समेटि चलचित्रलाई निर्माण गरिने निर्देशक दाहाल बताउछन्, ।

मकवानपुरगढी गाउँपालिकाको विभिन्न स्थानलाई समेट्दै चलचित्रलाई खिचिएको चलचित्रका छाँयाकार शुसिल घिमिरेले बताए । उनले ग्रामिण परिबेश र पर्यटन क्षेत्रलाई चलचित्रमा क्यामराले जस्ताको त्यस्तै उतार्ने बताए ।

यस चलचित्रले दशैं पर्व र गाउँको अवस्थाको प्रकाश पार्दै कलाकार सुन्दर धिताल मुख्य पात्रको रुपमा रहेका छन्, । त्यस्तै, आयुषा भुजेल र बालकलाकार समिर सापकोटाको पनि अभियन रहेको छ । चलचित्रको कोरियोग्राफर दिवसराज आचार्य, सम्पादक सुशील र शेषा घिमिरे,फोटोग्राफर जोन पहाडीको रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*