‘सपनीमा’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

संवाददाता
२४ मंसिर २०७७, बुधबार १२:२८

गायक प्रताप दास, सुमन केसी र सुष्मा विश्वकर्माको स्वर रहेको ‘सपनीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सत्यराज चौलागाईंको शब्द तथा सरोज पोख्रेलको संगीत रहेको छ । साजन कटेलले निर्देशन गरेको भिडियोको सम्पादन प्रकाश बरैलीले गरेका हुन् ।

विक्रम स्वारले कोरियोग्राफी रहेको गीतमा अभिनेता पल शाह, कलाकार रियाशा दाहाल र प्रकाश रमदाम फिचर्ड छन् । भिडियोमा बालकलाकार सौर्य विक्रम थापा र आयुष गुरागाईं पनि फिचर्ड छन् । भिडियो एसआरसी फिल्म्सको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु