क्यामरुन फाइनलमा प्रवेश
हेटौंडा \ साविक विजेता जावलाखेल यूथ क्लवलाई टाइब्रेकरमा हराउँदै विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बागमती खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जावलाखेललाई ५–३ गोल अन्तरले निराश बनाउँदै अफ्रिकनले उपाधि भिडन्त पक्का गरेको हो ।
पेनाल्टि सुटआउटमा लायन्स म्यानको गलत निर्णयको कारण हार व्यहोर्न बाध्य भएको भन्दै जावलाखेलका खेलाडी र अफिसियलले असन्तुष्टि व्यक्त गरेका छन् । टाइब्रेकरमा अफ्रिकनका खेलाडी इबोडेको प्रहारलाई जावलाखेलका गोलरक्षकले रोकेका थिए । गोललाइन क्षेत्रबाट अघि बढेको भन्दै लायन्स म्यानले झण्डा उठाएपछि उनले दोहो¥याएर प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
खेलमा जावलाखेलका सिमान्त थापा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । क्यामरुनले अब फाइनलमा शनिबार हुने थ्रीस्टार क्लव र बागमती यूथ क्लव सर्लाहीको विजेतासंग २३ गते खेल्नेछ । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।