मेस्सी र अल्भारेजको गोलसँगै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

संवाददाता
१८ मंसिर २०७९, आईतवार १८:४९

कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गरेको गोलले अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो।

अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो। खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो। यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो।

खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो।

जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्स यस अघि नै अमेरिकालाई हराएर क्वाटरफाइनलमा पुगिसकेको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*