जापानलाई हराउँदै क्रोएसिया विश्वकप फ़ुटबलको क्वाटरफाइनलमा

संवाददाता
२० मंसिर २०७९, मंगलवार ०२:३९

खबर बाकस/ कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गतको खेलमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो।

जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको थियो। निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो।

खेलमा जापानले सुरुआती अग्रता लिएको थियो। खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए। खेलको ५५ औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*