टी-२० विश्वकप: घरेलु टोली अष्ट्रेलियाको लज्जास्पद हार

संवाददाता
५ कार्तिक २०७९, शनिबार १७:१६

खबर बाकस/ घरेलु टोली अष्ट्रेलियाले आठौं संस्करणको टी-ट्वान्टी विश्वकपको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ।

शनिबार सम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको हो। सिड्नी क्रिकेट मैदानमा २ सय १ को लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.१ ओभरमा अलआउट हुदै १ सय ११ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २० बलमा २८ रन तथा प्याट कमिन्सले १८ बलमा २१ रन बनाए। मिचेल मार्शले १२ बलमा १६ रन बनाए। आरोन फिन्चले १३ तथा टिम डेबिडले ११ रन बनाए।

अष्ट्रेलियालाई कम रनमा रोक्न न्युजिल्याण्डका मिचेल स्यान्टेनर र टिम साउथी समान ३र३  विकेट लिए। यस्तै ट्रेन्ट बोल्डले २ विकेट लिए। लक्कि फगुर्सन र ईश सोधीले समान १(१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो। न्युजिल्याण्डका लागि ओपनर डेबिड कन्वेले ५८ बलमा ७ चौका र २ छक्काको मद्दतले अविजित ९२ रनको अर्धशतकीय ईनिङ खेले।

अर्का ओपनर फिना एलेनले ४२ रन बनाएका थिए। जेम्स निशमले अविजित २६ रन तथा कप्तान केन विलियम्सले २३ रन बनाएका थिए। अष्ट्रेलियाका लागि जोस हेजलउडले २ विकेट लिएका थिए। एडम जाम्पाले १ विकेट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*