नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

संवाददाता
१६ चैत्र २०७७, सोमबार १९:५०

काठमाडौं \ नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पुगेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*