सेमिफाइनल प्रवेशका लागि बागमती युवा क्बल र अरास आज भिड्ने

हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज अन्तराष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ । खेलको विजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।
बागमती युवा क्लबले नेपाल ए.पी.एफलाई हराउदैं क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलका लागि मच्छिन्द्र क्लब,मकवानपुर–११ र नेपाल आर्मी क्लब प्रवेश गरिसकेका छन् । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछ । फाइनल खेल चैत्र ७ गते शनिबार हुनेछ ।