तरुण नेता पोखरेलद्वारा खेलाडीलाई जर्सी सहयोग

संवाददाता
२० फाल्गुन २०७७, बिहीबार ०७:२८

हेटौंडा \ हेटौंडाका एक जना युव व्यवसायी तथा तरुण नेताले खेलाडीलाई खेल सामाग्री सहयोग गरेका छन। हेटौंडा-१२ निवासी युवा व्यवसायी तथा तरुण नेता कुमार पोखरेलले हेटौंडामा  सुरु मेयर कप भलिबलमा सहभागि हेटौंडा वडा नम्बर १९ का १३ जना खेलाडीलाई  ट्रयाक,जर्सी लगायतका खेल सामाग्री सहयोग गरेका हुन।

२० हजार मूल्य बराबरको उक्त साम्रागी हेटौंडा-१९ का वडाध्यक्ष नरनाथ सुवेदी,वडा सचिव बसन्त सिटौलाको उपस्थितिमा आज हेटौंडा-१९ का टिम प्रशिक्षक बिदुर सिटौलालाई हस्तान्तरण गरेका छन। पोखरेलले हेटौंडामा जारी मेयरकप भलिबल प्रतियोगिता सहभागी खेलाडीलाई हौसला प्रदान होस भन्ने उद्देश्यले जर्सी,ज्याकेट सहयोग गरेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*