हेटौंडामा मेयरकप फुटबल प्रतियोगिता सुरु

संवाददाता
१४ फाल्गुन २०७७, शुक्रबार २०:४५

हेटौंडा \ हेटौंडाको हुप्राचौरमा शुक्रबारबाट मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल प्रतियोगिताको उद्घाटन् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् ।

कार्यक्रम उपमहानगरका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, फुटबल संघका बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर फुटबलसंघका अध्यक्ष टिकाराम लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतकाले आतिथ्यता रहेको थियो ।

मेयरकप प्रतियोगिता फागुन २४ गते सम्म सञ्चालन हुने छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच÷पाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हेटौंडाको हुप्राचौरमा शुक्रबारबाट मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल प्रतियोगिताको उद्घाटन् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् ।

कार्यक्रम उपमहानगरका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, फुटबल संघका बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर फुटबलसंघका अध्यक्ष टिकाराम लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतकाले आतिथ्यता रहेको थियो ।

मेयरकप प्रतियोगिता फागुन २४ गते सम्म सञ्चालन हुने छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच÷पाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*