भोलीबाट मेयर कप फुटबल, पहिलो खेल वडा १ र ११ बीच

संवाददाता
१३ फाल्गुन २०७७, बिहीबार ०७:३३

सिधाखबर \ हेटौंडाको हुप्राचौरमा यही फागुन १४ गतेबाट सुरु हुने मेयर कप फुटबल खेलको सम्पूर्ण तयारी पुरा भएको छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बुधबार आयोजित पत्रकार सम्मेलन आयोजना गरी खेलको बारे जानकारी दिइएको थियो ।

हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) सञ्चालन हुने प्रतियोगिता फागुन १४ गतेबाट २४ गतेसम्म सञ्चालन गरिने छ । प्रतियोगितामा १९ वडा का १९ वटै टोलीको सहभागिता रहने भएको छ ।

प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच/पाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो खेल वडा नम्बर १ र ११ बीच हुने नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले बताए ।

No photo description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*