हेटौंडामा मेयर कप फुटबलको मिति परिवर्तन

संवाददाता
४ फाल्गुन २०७७, मंगलवार ०८:२४

सिधाखबर \ मेयर कप फुटबल प्रतियोगिता–२०७७ को खेल खेल्ने मिति परिवर्तन भएको छ । यसअघि फागुन ५ गतेबाट गर्ने भनिएको फुटबल प्रतियोगिता प्राविधिक कारणले मिति परिवर्तन गरिएको हो ।

हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान सञ्चालन हुने प्रतियोगिता फागुन १४ गतेबाट २४ गतेसम्म सञ्चालन गर्ने सोमबार बसेको आयोजक समितिको बैठकले निर्णय गरेको हो । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरको १९ वटै वडाको सहभागिता रहने समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिए ।प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*