इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग क्रिस्टल प्यालेस पराजित

काठमाण्डाै \ इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेससँगकाे खेलमा लिड्स युनाइटेड विजयी भएको छ । क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै लिड्स युनाइटेड विजयी भएको हो । जितसँगै लिड्सले एक स्थान सुधार गरेको छ ।
यसअघि ११ औँ स्थानमा रहेको लिड्स युनाइटेड ३२ अंकसहित १० औँ स्थानमा पुगेको हो । जारी लिगमा म्यानचेस्टर सिटी ५० अंकसहित पहिलो र म्यानचेस्टर युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।