एन्फा रेफ्री प्रशिक्षण समापन

संवाददाता
१८ माघ २०७७, आईतवार १८:५०

हेटौंडामा माघ १२ गतेबाट सञ्चालित एक हप्ते एन्फा रेफ्री प्रशिक्षण कार्यक्रम आइबार समापन भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हेटौंडामा बेसिक लेवल–४को प्रशिक्षण समापन भएको हो ।

हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुख अतिथ्यतामा प्रशिक्षक कार्यक्रम समापन गरिएको थियो । प्रदेशका १० जिल्लाका ३५ जनालाई प्रशिक्षण दिइएको थियो । जसमा मकवानपुरका १० जना, भक्तपुर, चितवन, काभ्रे,दोलखा, ललितपुर नुवाकोट, सिन्धुलीका ३-३ जना रहेका थिए भने काठमाडौं र सिन्धुपाल्चोकका २-२ जनाको सहभागिता रहेको थियो ।

खेलकुद विकास समिति बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको अतिथ्यता रहेको र जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको सभाध्यक्षता रहेको थियो ।

एक हप्ते प्रशिक्षणमा शैलेन्द्रराज जोशी,गजेन्द्रमान सिंह, लव खत्री रोजिन श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ३ जना महिला ३२ जना पुरुष रहेको कोर्स कोर्डिनेटर रोजिन श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*