हेटौंडा गोल्ड कप : आज दुई खेल हुने

संवाददाता
१७ माघ २०७७, शनिबार ०९:०४

विजय युथ क्लबको आयोजनामा हेटौंडामा आजबाट भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएको छ । खेल शुक्रबारबाट हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा सुरु भएको थियो ।

आज शनिबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्तीबीच हुनेछ भने दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लब सिन्धुलीबीच हुने कार्यक्रम संयोजक राजेश भेटवालले बताए । उनले प्रतियोगिताको फाईनल खेल २३ गते शुक्रबार हुने बताए । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*