सेन्ट्रल कलेजको विजयी सुरुवात, शनिबार दुई खेल हुने

विजय युथ क्लबको आयोनजामा हेटौंडामा आजबाट भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आजबाट खेल सुरु भएको हो ।
खेलको उद्घाटन हेटौंडा उपमहानगरकी उपमेयर मिना लामाले गरेकी थिइन् । उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज विएसी भरतपुरबीच भएको थियो । खेलमा २१ गेल अन्तरले सेन्ट्र कलेज विएसी विजयी भएको छ । खेलको पहिलो हाफको ५ मिनेटमा कलेजका विदेशी खेलाडी जोल ग्लोरीले पहिलो गोल गरेका थिए । खेलकै १२ औं मिनेटमा मकवानपुर ११का रन्जित आलेमगरले गोल फर्काएका थिए । बराबरीमा खेलिरहेको खेल ३२ औं मिनेटमा कलेजका ऋषि मोक्तानले गोल गरे संगै विजयी भएको छ ।
दोस्रो हाफमा कडा प्रतिस्पर्धा भएता पनि मकवानपुर ११ ले गोल गर्न सकेन । आजको खेलको म्यान अफ द म्याच मकवानपुर ११ का गोलकर्ता रन्जित आलेमगर बनेका थिए । भोली शनिबार दुई खेल हुनेछ । पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्तीबीच हुनेछ भने दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लब सिन्धुलीबीच हुने कार्यक्रम संयोजक राजेश भेटवालले बताए । उनले प्रतियोगिताको फाईनल खेल २३ गते शुक्रबार हुने बताए । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।