हेटौंडामा आजबाट गोल्ड कप सुरु हुदैं

सिधाखबर \ विजय युथ क्लबको आयोनजामा हेटौंडामा आजबाट भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुदैं छ । हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुन लागेको क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए ।
आजबाट सुरु हुने खेलको उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज विएसी भरतपुरबीच हुने कार्यत्रलम संयोजक राजेश भेटवालले बताए । उनले प्रतियोगिताको फाईनल खेल २३ गते शुक्रबार हुने बताए । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा मोफसलका १० टोलीको सहभागिता रहेको छ भने खेल मैदान प्रवेश शुल्क ५० रुपैया टिकट राखिएको आयोजकले जनाएको छ । खेल दिउँसो ३ बजे सुरु हुने जनाइएको छ ।