आज उपाधिको लागि बगरभाई खलक पोखरा र सानो गौचरण भिड्दै

संवाददाता
१० माघ २०७७, शनिबार ०७:२७

सिधाखबर \ हेटौंडामा जारी छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगितामा आज बगरभाई खलक पोखरा र सानो गौचरणबीच फाइनलमा खेल हुदै छ ।

शनिबार दिउँसो २ बजे हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतको उपस्थितीमा फाइनल खेल हुने कार्यक्रम संयोजक कविन साँगामीले बताए । प्रतियोगितामा २० वटा भेट्रान्स समुहअले सहभागिता गराएका थिए । नकआउट चरणमा खेलाईको खेलमा बगरभाइ खलक पोखना र सानो गौरचण काठमाडौंबीच उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन् ।

खेलको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा शिल्ड, द्धितिय हुने समुहले नगद ५१ हजार १ सय ११ रुपैया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्ने साँगामीले बताए । खेलमा उत्कृष्ट मिडफिल्डर,फरवर्ड्, डिफेन्डर, गोलकिपर र समुह कोचलाई समेत जनही ५ हजार पुरस्कार प्रदान गरीने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*