घाइते खेलाडीलाई नेता पराजुली द्धारा आर्थिक सहयोग

हेटौंडामा प्रतियोगिता खेल्ने क्रममा घाईते भएका एफसी एडिका घाईते खेलाडीलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
नेपाली काङग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले १० हजार, कांग्रेस जिल्ला सदस्य सुनिल अधिकारीले २ हजार पाँच सय र बिहानी स्पोर्ट्स क्लबले १० हजार नगद सहयोग गरेको हो ।
बिहानी स्पोर्ट्स क्लबद्वारा आयोजित ८ ‘ए’ साइड फुटबलमा एडि र सिद्धबाबाबिच फाईनल खेल खेल्ने क्रममा सुमन अर्याल घाइते भएका थिए । घाइते खेलाडी अर्याललाई उपचारका लागि फुटबल संघको कार्यालयमा उनलार्ई आर्थिक सहयोग गरिएको हो ।