हेटौंडामा छैंटौ हेटौडा भेट्रान्स कप फुटबल माघको पहिलो साताबाट सुरु

हरेक वर्ष हेटौडामा आयोजना गरिने हेटौडा भेट्रान्स कप ८ ए साइड फुटबल खेलको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखी आयोजना गरीने भएको छ । आयोजक हेटौडा भेट्रान्स क्लबले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिइएको छ । प्रतियोगीतामा चालिस वर्ष माथिका उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने गरि १६ वटा टिम प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।
छैटौ संस्करणको प्रतियोगितामा विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया रहेको कार्यक्रम संयोजक कविन सांगामीले बताए ।
त्यस्तै, सर्वश्रेष्ठ खेलाडीले १० हजार नगद, खेलको सर्वश्रेष्ठ मिडफिल्ड,फरवार्ड, डिफेन्स, गोलकिपर र समुह कोचलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरीने साँगामीले बताए । प्रत्येक खेलको म्यानअफ द म्याचको पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष पाचौं राष्ट्रिय भेन्ट्रान्स कपको विजेता बगरभाइ खेल भेट्रान क्लब पोखरा रहेको थियो ।