रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा

संवाददाता
१ पुष २०७७, बुधबार ०८:२५

काठमाण्डौ \  रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ । गएराति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष क्लबमा उक्लिएको हो ।

करिम बेन्जिमाले लगातार दुई गोल गर्दै रियललाई शीर्ष क्लबमा उकाल्न सफल भए । लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई ३–१ को जित दिलाएका हुन् । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।

शीर्ष स्थानमा रहेका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंकसहित तालिकाको १३ औंं स्थानमा छ । रियलले पछिल्ला चार खेलमा जित निकालेको छ । रियलले तालिकामा बार्सिलोनासँग ९ अंकको अग्रता लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*