फिट्नेस सञ्चालकद्धारा खेलकुद नगर अध्यक्ष शाहीलाई बधाई प्रदान

संवाददाता
१८ मंसिर २०७७, बिहीबार २०:५१

केहि दिन अघि खेलकुद विकास समिति हेटौंडा नगरको अध्यक्षको पदभार ग्रहण गरेका अध्यक्ष चन्द्र शाहीलाई फिट्नेस सञ्चालकहरुले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन्, ।

विहीबार शाहीको कार्यकक्षमा पुगी नारायण्ी मलमा सञ्चालित कलिउड सुपर डान्स एण्ड फिट्नेस प्रा.लिका सञ्चालकद्धय नवराज आचार्य र सुजन श्रेष्ठ सहितको टोलीले शाहीलाई बधाई सम्मान ज्ञापन गरेका हुन्, ।

No description available.

खेलकुदको विकास संगसंगै खेलाडीको लागि शारिरीक अवस्था तन्रुस्त राख्न फिटनेस आवश्यक रहेको बताउदैं संञ्चालक आचार्यले अबको दिनमा हेटौंडा नगरमा खेलकुदका क्रियाकलाप बढ्ने र यस क्षेत्रमा विकास तिव्र हुने बताए । अध्यक्ष शाहीलाई बधाई दिदैं हेटौंडा नगरमा सबै खालका खेलका खेल मैदान निर्माण, उपयुक्त खेल सामाग्री सहित राष्ट्रिय स्तरको खेलाडी जन्माउने थलोको रुपमा विकास गर्न अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*