क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि

हेटौंडा । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिएको छ । सन्दीपले आफूलाई कोभिड–१९ संक्रमण देखिएको गएराति ट्विटरमार्फत जानकारी गराएका छन् । उनले आफूलाई बुधबारदेखि कोरोनाका केही लक्षण देखिएको तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गरेका छन् । यदि सबै कुरा राम्रो हुँदै गए चाडै मैदानमा फर्कने बताउँदै आफनालागी प्रार्थना गरिदिन पनि सन्दीपले आग्रह गरेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले बुधबारदेखि बन्द प्रशिक्षणका लागि खेलाडीलाई बोलाएको थियो । त्यसअघि सबै खेलाडीको कोभिड–१९ परीक्षण गरिएको थियो । नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र वसन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ ।