सापकोटा र बानियाँद्धारा हेटौंडा भेट्रान्सलाई जर्सी र खेल सामग्री सहयोग

संवाददाता
२५ कार्तिक २०७७, मंगलवार २०:२३

हेटौंडा \  बारा जिल्लाको जितपुरमा भइरहेको भेट्रान्स फुटबल प्रतियोगितामा सहभागी हेटौंडाको हेटौंडा भेट्रान्सलाई जर्सी तथा खेल सामग्री सहयोग गरिएको छ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका हेटौंडाका बरिष्ठ एजेनसी म्यानेजर योग्यराज सापकोटा र मार्केटिङ्ग म्यानेजर केवल बानियाले संयुक्त रुपमा हेटौंडा भेट्रान्सलाई जर्सी तथा खेल सामग्री सहयोग गर्नुभएको हो ।

बाराको जितपुरमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा हेटौंडा भेट्रान्स विजयी हुँदै सेमीफाइनल चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा हेटौंडा भेट्रान्सले बिरगन्ज भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । सेमीफाइनल चरणमा भोलि बुधबार हेटौंडा भेट्रान्सले सिमरा भेट्रान्ससँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*