लिड्ससँग भिल्ला पराजित

संवाददाता
८ कार्तिक २०७७, शनिबार ११:३३

बर्मिङ्घम \ प्याट्रिक बामफोर्डको ह्याट्रिकमा लिड्स युनाइटेडले शुक्रबार राति एस्टन भिल्लामाथि ३–० को जित निकालेको छ । यससँगै लिगमा भिल्लाको शतप्रतिशत जितको यात्रा टुंगिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगेपछि बामफोर्डले ५५, ६७ र ७४औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा उनको यो पहिलो ह्याट्रिक हो ।

यो जितपछि लिड्स १० अंकसहित तेस्रो स्थानमा उक्लेको छ । एभर्टन १३ अंकसहित शीर्ष स्थानमा छ । भिल्ला भने १२ अंकसहित दोस्रो स्थानमा छ ।रोयटर्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*