आइपिएल अक्सनमा १५ नेपाली खेलाडी

संवाददाता
१० माघ २०७८, सोमबार ०८:५६

हेटौंडा \ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि आइपिएल खेलिसकेका कप्तान सन्दीप लामिछानेसहित १५ खेलाडीले नाम दर्ता गराएका हुन् ।

क्यानका अनुसार नेपालका आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् ।

आइपिएलको मेगा अक्सन आगामी १२ र १३ फेब्रुअरीमा हुँदैछ । यही जनवरी २० मा खेलाडीको रजिस्टे«सन सकिएको थियो । यस अक्सनमा १२१४ खेलाडी सहभागी हुँदैछन् । जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी रहेका छन् । दुई दिन चल्ने अक्सनमा आइपिएलका १० टोलीले खेलाडीहरूमाथि भाउ लगाउनेछन् ।

नाम दर्ता गराउने खेलाडीमा २७० राष्ट्रिय टोलीबाट खेलिसकेका,९०३ जना नखेलेका र ४१ खेलाडी एसोसियट राष्ट्रका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*