जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हेटौंडामा हुने

संवाददाता
१३ पुष २०७८, मंगलवार १७:४२

खबरबाकस \ पुस २८ गतेदेखी हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेलबारे जानकारी दिएको थियो । मकवानपुर जिल्लाभित्रका करिब २७ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । टिम दर्ता गर्न एक हजार पाँच सय लाग्ने र पुस २७ गते भित्रमा टिम दर्ता गर्नुपर्ने संघका अध्यक्ष राजाराम पोखरेलले बताए ।

शिक्षकहरुबीच मैत्री भावना र खेलकुदमा शिक्षकको सहभागिता रहोस भन्ने हेतुले खेलको आयोजना गरिएको उनले बताए ।
प्रतियोगितामा विजेताले नगद २५ हजार सहित शिल्ड प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उप विजेताले १५ हजार नगद, शिल्ड, मेडल र प्रमाण, तृतीय हुनेले नगद ५ हजार शिल्ड मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद ५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पोखरेलले बताए ।

प्रतियोगितामा उत्कृष्ट सेटर र स्पाइकरलाई नगद २ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाएको छ । प्रतियोगिता हेटौंडाको हुप्रचौर खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मदन भण्डारी स्पोर्टस् एकेडेमीका जिल्ला अध्यक्ष प्रकाश सुवेदी, खेलप्रेमी तथा समाजसेवी इन्द्रप्रसाद सञ्जेलको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*