सुदीप, स्वागता, युवराज र सुमुया बने युथ एथलेटिक्स च्याम्पियन

संवाददाता
२३ मंसिर २०७८, बिहीबार ०८:४३

काठमाण्डाै \ सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

१६ वर्ष मुनिको ब्वाइजमा सुदीप र गर्ल्समा सुष्मा तथा २० वर्ष मुनिको ब्वाइजमा युवराज र गल्र्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको २० वर्ष मुनिको उमेरसमूह अन्तर्गत एक सय मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज विक र गर्ल्समा बंगलादेशकी सुमुया देवान, चार सय मिटर दौडको ब्वाइजमा बंगलादेशका जेल्डासर्जिल रसिम खान र गर्ल्समा बंगलादेशकी रुना नस्रत जाहान, आठ सय मिटर दौडको ब्वाइजमा कञ्चनपुरका सन्जिव नेपाली र गर्ल्समा जुम्लाकी राममाया बुढा पहिलो भए ।

एथलेटिक्स परिवार, नेपालले आयोजना गरेको प्रतियोगिताको २० वर्ष मुनिको हाइजम्पको ब्वाइजमा मोरङका सागर यादव र गर्ल्समा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउन र गर्ल्समा दाङकी सुशिला चौधरीले स्वर्ण जिते । १६ वर्ष मुनिको एक सय मिटर दौडको ब्वाइजमा वीरगञ्जका आदेशकुमार यादव र गर्ल्समा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको ब्वाइजमा बाग्लुङका बादल कार्की र गर्ल्समा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*