लक्ष्मीमाया स्मृति भलिबल प्रतियोगिता मंसिर १६ गतेबाट

हेटौंडा \ १९ औं संस्करणको स्व. लक्ष्मीमाया बज्राचार्य स्मृती जिल्ला स्तरिय खुल्ला रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता यही मंसिर १६ गतेबाट हुने भएको छ ।
आयोजक बसामाडी जेसीजले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताकोबारेमा जानकारी दिएको हो । प्रतियोगिता यही १६ देखि १९ गतेसम्म हेटौंडा–१७ हटियास्थित नेपालचौरमा हुने जानकारी गराइएको छ ।
स्वर्ण भण्डार हेटौंडाका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्ने प्रतियोगिताको प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गयरिएको बसामाडी जेसीजका अध्यक्ष गौतम केसीले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १२ देखि १६ टिमको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको १८ औं संस्करण हेटौंडा–१२ ले जितेको थियो ।