कांग्रेस नेतृ स्वर्गीय गुरुङ स्मृति फुटबलको उपाधि नर्मल मुस्कानलाई

संवाददाता
८ मंसिर २०७८, बुधबार १७:३८

हेटौंडा \  मकवानपुर  कांग्रेसकी नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा-८ कमानेमा जारी  नकआउट फुटबल प्रतियोगिताको उपाधि नर्मल मुस्कान टिमले हात पारेको छ।बुधबार सम्पन्न फाइनल खेलमा कमाने युनाइटेड र नर्मल मुस्कान बीचको खेलमा नर्मल मुस्कानले

२ का विरुद्ध ३ गोल अन्तरले युनाइटेडलाई पराजित गर्दै प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो।विजेता र उपविजेता टिमले क्रमश नगद ३० हजार र १५ हजार पुरस्कार सहित मेडल,ट्रफी  हात पारेका छन।

नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देव नगर टोल विकासको संयुक्त आयोजनामा मंसिर १ गतेबाट हेटौंडा -८ कमानेमा स्वर्गीय गुरुङको स्मृतिमा सेबेन ए साइड मैत्रीपुर्ण नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको थियो।

नेपाली कांग्रेस हेटौंडा ८ नम्बर सभापति भुपेन्द्र कोइरालाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो।समापन कार्यक्रममा

नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर अध्यक्ष सविन भट्टाचार्य,नेपाली कांग्रेस मकवानपुर सदस्य प्रदिप कोइराला, १ नम्बर क्षेत्र प्रदेशसभा ख का सभापति एवम हेटौंडा-५ का वडाध्यक्ष राजेश बानियाँ, खेलकुद विकास समिति मकवानपुर अध्यक्ष सानु लामा, कांग्रेस हेटौंडा नगरका पुर्व सभापति आनन्दराम पराजुली,लोकतान्त्रिक खेलकुद संघ सचिव प्रदिप कँडेल,लगायतको उपस्थिती रहेको थियो।मंसिर १ गतेबाट सञ्चालित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*