हेटौडा भेट्रान्सको बार्षिक साधरणसभा सम्पन्न

संवाददाता
४ मंसिर २०७८, शनिबार १८:१२

हेटौडा भेट्रान्स क्लबको सातौ वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । साधरण सभालाई उदघाटन गर्दै प्रमुख अतिथि हेटौडा उपमहानगरपालीकाका मेयर हरी बहादुर महतले मकवानपुरको फुटबल खेल क्षेत्रमा हेटौडा भेट्रान्सले देखाएको गतिविधि उल्लेख्य रहेको बताउनुभयो ।

४० वर्ष माथि उमेर समुहका पुर्व खेलाडीहरुको सहभागीता रहने हेटौडा भेट्रान्सले हरेक वर्ष आयोजना गर्दै आएको हेटौडा भेट्रान्स कप फुटबल खेलले फुटबल खेलमा रौनकता थप्दै आएको बताउनुभयो ।

उहाँले हेटौडा भेट्रान्स क्लबका लागी यो वर्ष प्रतियोगीता गर्न ४ लाख रुपैयाँ बजेट पुस्तिकामा राखेको र नपुग भएमा हेटौडा उपमहानगरपालीका अझ सहयोग गर्न तत्पर रहेको बताउनुभयो । क्लबका उपाध्यक्ष नवराज बज्रचार्यको अध्यक्षतामा भएको साधरण सभामा कोषाध्यक्ष रमेश उप्रेतीले आर्थिक वर्षको आयव्यय प्रस्तुत गर्नु भएको थियो भने सचिव ज्ञानु क्षेत्रीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाले सातौ हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगीता आगामी मंसिर २७ गते देखी आयोजना गरिने तय गरेको छ । साधारण सभामा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बागमती प्रेदेश फुटबल खेलकुद विकाश समितीका अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, हेटौडा भेट्रान्सका सल्लाहकार पुरुण बहादुर जोशी, ईश्वर बानियाँ, खेलकुद विकाश समिति अध्यक्ष सानु लामा, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल लगाएतले हेटौडा भेट्रान्सले गरेका गतिविधिका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा हेटौडा भेट्रान्सका कार्यसमिति सदस्य बासुलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*