क्रिकेट खेलकुद सामग्री तथा नगद सहयोग

खबरबाकस \ सुनाचुरी क्रीकेट टिम . मनहरी ६, सुनाचुरीलाई नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी युवराज थपलियाले खेलकुद सामाग्री सहयोग गरेका छन् ।
थपलियाले २५ हजार बराबरको सामाग्री सहयोग गरेको हुन् ।
विजया दशमीको अवसर पारेर सुनाचुरी क्रिकेट टिमले आयोजना गर्न लागेको एकदिने ट्वान्टी ट्वान्टी क्रीकेट प्रतियोगिताको लागि आवश्यक खेलकुद सामग्री ब्याट, प्याट, हेल्मेट क्रीकेट बल लगायतका सामग्री हस्तान्तरण गरेक थिए ।
तरुण विभाग जिल्ला सदस्य समेत रहेका थपलियाले खेलकुद सामग्री खेल मैदानलाई मर्मत गर्न एक ट्याक्टर बालुवा र नगद ८ हजार समेत प्रदान गरिएको हो ।
सामाग्री हस्तान्तरणमा नेपाली काङ्ग्रेस मनहरी ६, वडा समितिका सभापती बाबुराम थिङ्गको पनि उपस्तिथी रहेको थियो ।