प्रदेश खेलकुद विकास परिषद् कार्यालय शुभारम्भ

संवाददाता
२२ आश्विन २०७८, शुक्रबार ११:२५

 खबरबाकस \ हेटौंडा ६ गौरीटार स्थित रंगशालामा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको कार्यालय शुभारम्भ गरिएको छ ।

परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीको अध्यक्षता तथा सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख अतिथ्यतामा कार्यालयको शुभारम्भ गरिएको हो ।

शुक्रबार एक कार्यक्रममा बीच कार्यालय शुभारम्भ गरिएको थियो । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यद्धय माधव तिमल्सिना र कल्पना शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायत खेलकुदका विभिन्न संघका प्रतिनिधि तथा खेलकुदका प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*