व्याडमिन्टन प्रतियोगितामा दुलाल र न्यौपाने समूह प्रथम

संवाददाता
२१ आश्विन २०७८, बिहीबार १६:५१

 खबरबाकस \ नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा हेटौंडा ५ मा भएको वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता भएको छ ।

वडा स्तरीय युवा क्लब हेटौंडा५ ले आयोजना गरेको प्रतियोगितामा १८ वडा टिमको सहभागिता रहेको थियो । जसमा दिव्य दुलाल र सागर न्यौपानेको टिम प्रथम भएको छ । उनीहरुले १० हजार रुपैयाँ संगै ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेको हो ।

यसैगरि प्रतियोगितामा विजय सिंह ठकुरी र नरेन्द्र मोक्तानको टिम दोस्रो स्थान हासिल गरेका छन् । उनीहरुले ५ हजार रुपैयाँ सहित ट्रफि ,मेडल प्रमाण प्रत्र प्राप्त गरेका थिए । यसैगरि प्रतियोगितामा राजकुमार राई र खेम राई, गौमत मानन्धर र सुनिल राउतको टिम तृतीय भएको छ । उनीहरुले २ हजार सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँको विशेष आतिथ्यता रहेको थियो ।‘

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*