२१ गते हेटौंडा रन हुने

संवाददाता
१७ आश्विन २०७८, आईतवार १७:००

खबरबाकस \ हेटौंडा उपमहानगरपालिकामा नगर खेलकुद विकास समितिद्धारा हेटौंडामा हेटौंडा रन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको थियो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षता तथा उपमहानगरका उपमेयर मिना कुमारी लामाको प्रमुख अतिथ्यतामा पत्रकार सम्मलेन गरिएको थियो ।

कार्यक्रममा खेलकुदबाट राष्ट्रको विकाससगैं खेलाडीहरुको स्वास्थ्य अवस्था सधैं राम्रो हुने र गलत काममा लागेका युवालाई खेलकुद मार्फत सही दिशा तर्फ लाग्ने उपमेयर लामाले बताइन् । सामाजिक विकास मन्त्रालय र नगर खेलकुद विकास समिति तथा उपमहानगरपालिकाको सहयोगमा विजया दशमीको अवसरमा दौड प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगितामा हेटौंडा उपमहानगरका क्लब, तथा विभिन्न संघ÷सस्ंथाका प्रतिनिधिहरुले सहभागिता जनाउने नगर अध्यक्ष शाहीले बताएका थिए ।

प्रतियोगितामा २ लाख खर्च लाग्ने र उपमहानगर र नगर खेलकुद विकास समितिको संयुक्तमा खेल हुन लागेको हो । प्रत्येक वर्ष विजया दशमीको अवसरमा दौड प्रतियोगिता सञ्चालन गर्दै आएको र यस वर्ष पनि २१ गते हुने अध्यक्ष शाहीले बताए । खेलमा सहभागी हुनको लागि सहभागीले २० गते सम्म नागरिकता, फोटो र आफनो बसाईसराईको प्रमाणपत्र ल्याई आफ्नो नाम दर्ता गराउनुु पर्ने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले मेडल, प्रमाण पत्र सहित नगद १५ हजार प्राप्त गर्ने छन् । त्यस्तै, द्धितिय हुनेल नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गनेृछन् भने तृतीय हुनेले ७ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त हुने आयोजकले जनाएको छ ।
दौड हेटौंडाको बुद्धचोकबाट सुरु भइ क्याम्पाडाँडा कर्रा पुल पुगी टोकन लिएर पुनः बुद्धचोक आइ अन्त्य हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*