हिमालीवास र बुटुवा गाउँबीच खेल हुने

संवाददाता
१६ आश्विन २०७८, शनिबार १२:५४

सन्सर लामा \  रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ हिमालीवासमा भएको सेभेन एसाइड फुटबलको आजको खेलमा हिमालीवास र बुटुवाबीच हुने भएको छ ।

१३ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १४ वटा क्लबहरुले सहभागिता जनाएकाछन् । विजया दशमीको अवसरमा भएको प्रतियोगिता असोज २२ गते फाइनल प्रतियोगिता हुने आयोजक हिमाली युवा समूहले जनाएको छ ।

नकाउट चरण खेलाईने प्रतियोगिताका विजेताले नगद २० हजार, शिल्ड र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० हजार शिल्ड र मेडल प्राप्त गरिने जनाइएको छ । आयोजकले उत्कृष्ट खेल खेल्ने खेलाडीलाई बेष्ट कप दिइनेछ । खेल रिभरसाइड खेल मैदानमा भएको छ । अहिले सम्म बभनी, बिपरिया, भटीराँगी, अकनवा, बलुवा र  पुरानोकाटा  विजयी भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*