साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

संवाददाता
१६ आश्विन २०७८, शनिबार ०७:५५

काठमाण्डाै \  साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहाेरेकाे हारको बदला समेत लिएको छ ।

ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*